प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा जारी, उपस्थित भएनन् प्रचण्ड र माधव



काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सिंहदरवारमा जारी छ ।

बैठकमा नेकपा माओवाद केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत साजवादीका अध्यक्ष माधव कुमार नेपाल अनुपस्थित रहेका छन्।


बैठकमा माओवादीबाट बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष पम्फा भुसाल उपस्थित छन्।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी छन्।

जनमत पाटीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसी, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राइ, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराई उपस्थित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here