प्रदर्शनमा भएका घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्छः विश्वप्रकाश शर्मा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको प्रदर्शनमा भएका घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताएका छन् । 

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले शुक्रबारको घटनामा पूर्णरुपमा पूर्वराजा ज्ञानेन्द्र शाह दोषी रहेको भन्दै सम्पूर्ण घटनाको जिम्मेवारी पूर्वराजाले नै लिनुपर्ने बताएका हुन् ।


पूर्वराजालाई संविधानले नागरिकलाई दिएको हक अधिकारभन्दा बढी दिएर राखेको भन्दै उनले यसलाई सम्मान गर्न नसकेको तर्क गरे । शर्माले जसको उक्साहटमा घटना भएको छ, त्यही अनुसार छानबिन हुनुपर्नेमा कांग्रेसको जोड रहेको बताए ।

उनले मुलुकमा भएका घटनाका विषयमा सदनमा कुरा राख्न नपाउने अवस्था सिर्जना भएको र यसमा सिंगो संसद नै दोषी भएको धारणा राखे । 

प्रधानमन्त्रीले सदनमा जवाफ दिने भनिसक्दा पनि अहिलेको अवस्थामा सदन अवरुद्ध गर्नु उचित नभएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here