प्रतिपक्षी दलहरुको अडान कायमै, आज पनि बस्न सकेन प्रतिनिधि सभा बैठक



काठमाडौं । प्रतिपक्षी दलहरुसँग सहमति जुट्न नसक्दा आज पनि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले विपक्षी दलसँग आज पनि छलफल गरेका थिए ।

विपक्षी दलहरुले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा प्रधानमन्त्रीले संसद्मा आएर चित्तबुझ्दो जवाफ दिनुपर्ने अडान कायमै राखेपछि चैत १७ गते ११ बजे बस्नेगरी आजको बैठक स्थगित गरिएको हो ।


गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here