प्रतिनिधि सभा बैठक भोलिसम्मको लागि स्थगित



काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद्मा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो अडान कायम राखेर निरन्तर विरोध जनाएपछि आजको बैठक स्थगित भएको हो । अब अर्को बैठक भोलि बस्ने बताइएको छ ।

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा प्रतिपक्षी दलहरुले प्रधानमन्त्रीको जवाफ माग्दै निरन्तर संसद् अवरोध गर्दैै आएका छन् । उनीहरुले प्रधानमन्त्रीको चित्तबुझ्दो जवाफ नआएसम्म संसद् अवरोध कायम रहने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here