प्रतिनिधि सभामा आज पनि विपक्षीहरुको अवरोध, १५ मिनेटका लागि बैठक स्थगित



काठमाडौं । संघीय संसद्अन्तर्गतप्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी दलहरुले अवरोध गरेका छन् । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गरिएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई जवाफ दिनुपर्ने मागसहित उनीहरुले अवरोध कायम राखेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची रहेको छ ।


त्यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० पहिलो संशोधन विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्नेछन् ।

यस्तै, संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी ९नियमन० विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र सो प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here