प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित



काठमाडौँ । प्रतिनिधिसभाको बैठक यही चैत १७ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले शुक्रबार जारी गरेको सूचनामा आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ः१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको उल्लेख छ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्था बमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण गरेका हुन् ।


विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान लिएपछि प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here