पूर्वविशिष्टहरुको सुविधा थप्ने कुरा आपत्तिजनक, सांसदहरुकै सुविधा घटाउन तयार हुनुपर्छ : प्रकाश ज्वाला



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले अहिलेको सरकारले गर्नुपर्ने काम नगरेको आरोप लगाएका छन् । उनले सरकारको ध्यान जनताप्रतिको जिम्मेवारी पूरा गर्नेतर्फ नभएको आरोप लगाए । उनले अहिलेसम्म भूकम्प प्रभावित क्षेत्रका जनताले राहत नपाएको, बाढी/पहिरो पीडितले पनि राहत नपाएको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको र आर्थिक अवस्था जर्जर रहेको बताए । उनले राज्यलाई भार थपिनेगरि पूर्वविशिष्टहरुलाई सुविधा थप्ने कुरा आपत्तिजनक भएको भन्दै यसबाट सरकार पछि फर्कन सुझाएका छन् ।


पूर्वविशिष्टहरुलाई दिईएको मनोमानी सुविधापनि रोकिनुपर्ने उनको सुझाव छ । उनले सांसदहरुकै सुविधा घटाउन तयार हुनुपर्ने प्रस्ताव राखे । उनले अहिलेका विशिष्ट पदाधिकारीहरुको समेत सुविधा घटाउनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here