पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिको रहर छ भने आफैंले दल खोल : माओवादी उपाध्यक्ष भुसाल



काठमाडौं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन भए दल खोलेर या कुनै दलमा सहभागी भएर प्रतिस्पर्धामा आउन चुनौति दिएकी छन् । आज (शुक्रबार) चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले राजनीति गर्न मन भए आफैं दल खोलेर वा राप्रपाको अध्यक्ष बनेर मैदानमा आउन भनेकी हुन् । उनले राजनीतिमा आएर प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री बन्नसमेत पूर्वराजा ज्ञानेन्द्रलाई सुझाईन् ।

‘यही परिस्थितिबाट हौसिएका प्रतिगमनकारीहरु सहज ढंगले फर्क । नागरिक बन । पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिको रहर छ भने आफैंले दल खोल, राप्रपा या कुनै राजावादी दलको अध्यक्ष नेपाली जनताको बीचमा आउ । हामी चुनौति दिन्छौं, तिमीले जितेर आयौं भने, दुईतिहाई ल्यायौं भने कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री बन । देशको शासन मानौंला,’– उनले भनिन् ।


उपाध्यक्ष भुसालले गणतन्त्रको विरुद्धमा आवाज उठ्नुमामा वर्तमान सरकार दोषी रहेको बताईन् । उनले अहिले मन्त्रालयहरु माफियाले चलाइरहेको समेत टिप्पणी गरिन् । उनले व्यवस्थाको लागि बगेको १०औं हजार सहिदको रगत मूल्य बोध गर्नसमेत सरकारलाई आग्रह गरिन् । ‘हामी यतिबेला यो वातावरण सिर्जना गर्ने भ्रष्टाचारीको संरक्षक, माफियाको संरक्षक, अहिले मन्त्रालयहरु माफियाले चलाउँछन्, मन्त्रीहरु विभाग चलाउन जान्छन् । विभागहरुमा कार्यालय खोल्न जान्छन् । नीति निर्माण गर्नुपर्ने मन्त्रीहरु कर्मचारीहरुको सरुवाको अधिकार आफूमा ल्याएर सहसचिवको हैसियतमा बसिराखेका छन् । यसलाई छिटो सच्याउ । १०औं हजार सहिदहरुको रगतको मूल्य बोध गर,’– उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here