

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् ।
आइतबार पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले गरेको कार्यक्रममा सभापति देउवाल राजतन्त्र फर्किने सम्भावना पनि नरहेको र ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि भएको बताएका हुन् ।


उनले पूर्वराजालाई राष्ट्रिय प्रजातन्त्र पार्टीको सभापति बन्न सुझाव दिए । उनले भने, ‘नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन । ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि होइनन् । बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ ।’
सभपाति देउवाले गणतन्त्रका पक्षमा एकजुट भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
