पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौँ । सोमबार पाँच संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ बजे देखी हुँदैछ। बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिबारे विज्ञ, सरोकारवाला र सम्बन्धित पक्षसँग छलफल हुँदैछ। 

त्यस्तै, बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्नेछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य प्रगति र आगामी आर्थिक वर्षको कार्यक्रम, योजना तथा रणनीतिबारे छलफल हुनेछ।


यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ। 

त्यस्तै, अर्थ समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ।

दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक पनि बोलाइको छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here