पर्यटन मन्त्रीलाई कारवाही माग गर्दै काँग्रेस सांसद बजगाईँले दिए पार्टीमा उजुरी



काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेलाई कारवाहीको माग गर्दै नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले पार्टीमा उजुरी दिएका छन् ।

पार्टीका सहमहामन्त्री समेत रहेका पर्यटन मन्त्री पाण्डेले गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै सांसद बजगाईँले केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका हुन् ।


मन्त्री पाण्डेले दिएको अभिव्यक्ति पार्टी सिद्धान्त विपरीत मात्र नभई नेपालको संविधान र राष्ट्रिय हित विपरीत समेत रहेको बजगाईँले आफ्नो उजुरीमा लेखेका छन् ।

एकदलीय चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनपिङ को नैतिकतालाई नेपालको बहुदलीय लोकतान्त्रिक प्रणालीका नेताहरू र जनतासमक्ष लैजानुपर्ने धारणा व्यक्त गरेको भन्दै बजगाईँले आपत्ति जनाएका हुन् ।

साथै, मन्त्री पाण्डेको अभिव्यक्ति प्रजातन्त्रप्रति अपमानजनक मात्र नभई नेपालको लोकतान्त्रिक प्रणालीलाई चीनको एकदलीय शासन मोडलतर्फ धकेल्ने दुष्प्रयास गरेको बजगाईँले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here