

काठमाडौं । राजावादी आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंले प्रहरीले दमन गर्न खोजेपछि आजको प्रदर्शन उग्र बनेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रसाईंले आफूहरुको शान्तीपूर्ण प्रदर्शनलाई दमन गर्न खोजेपछि प्रतिकारमा उत्रिएको बताएका छन् । साथै उनले आजको आन्दोनलमा भएको क्षतिको जिम्मा पनि सकारले लिनुपर्ने बताए ।


उनले लेखेका छन्, ‘हामी तोडफोड गर्न, आगजनी गर्न, प्रहरी कुट्न गएका थिएनौं, हामी त शान्तीपुर्ण रुपमा सभा, आन्दोलन र घोषणा सभामा सहभागी हुन गएका थियौं, दमन किन ? जुन अप्रीय अवस्था बन्यो त्यो सबै सरकारको दमनको कारण भएको हो, त्यसको क्षतिपुर्ती सरकारले व्यहोर्नु पर्नेछ ।’
उनले आजको आन्दोनलमा ज्यान गुमाउने युवा प्रति श्रद्दासुमन व्यक्त गरेका छन् । ‘आजको आन्दोलनमा नेपाल सरकारले एक युवाको हत्या गरेको छ । दिबंगत बन्नुभएका सबिन महर्जन प्रती हार्दिक श्रद्दासुमन साथीहरु भर्खरै मलाई पक्राउ गर्ने बारेको सुचना प्राप्त भएको छ, हामी बैदिक बिधी पुर्वक पुजा अर्चना गरेर आमाको आशिर्वाद लिएर शान्तिपूर्ण रुपमा कार्यक्रम स्थल पुग्दा अश्रु ग्यास प्रहार भैरहेको थियो, त्यो देखेपछि कुन चाहि नेपालीको रगत न उम्लदो हो ?’
