न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण



काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।

आज भएको पत्रकार सम्मेलनमा विभागका प्रवक्ता मणिनाथ गोपले कतिपय प्रतिष्ठानले सरकारले तोकेको न्युनतम पारिश्रमिक श्रमिकलाई नदिएको गुनासो आएको बताए ।


सरकारले २०८० साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्युनतम मासिक पारिश्रमिक १७ हजार तीन सय रुपैयाँ तोकेको थियो ।

त्यस्तै सरकार चिया बगान क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्युनतम मासिक पारिश्रमिक महँगी भत्तासहित १३ हजार आठ सय ९३ तोकेको थियो । 

विभागले सबै रोजगारदाता तथा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन समेत अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here