नेप्सेको सीईओमा ५ जनाको नाम छनोट, सूचीमा को को परे?



काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)पदका लागि ५ जनाको नाम छनोट गरेको छ । अर्थ मन्त्रालयले छनोट भएका ५ जनालाई चैत ६ गते बुधवार अन्तरवार्ता र प्रस्तुतिका लागि बोलाइएको छ।

सिइओको लागि आवेदन दिएका १० जनामध्ये संक्षिप्त सूचीमा ५ जना परेका हुन्। संक्षिप्त सूचीमा झापाका चुडामणी चापागाईँ, सर्लाहीका नारद कुमार लुइँटेल, इलामका पूर्णबहादुर आचार्य, नुवाकोटका बद्रीप्रसाद प्याकुरेल र पाल्पाका हेमन्त बस्याल परेका हुन्। सिइओ नियुक्तिका लागि गठित सिफारिस समितिले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here