नजरबन्दबाट सुवेदीकाे विज्ञप्ति- जनआन्दाेलन नेताकाे इसारामा चल्दैन,धमिलो पानीमा माछा मार्ने प्रयास नगर्नु



काठमाडौं। राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक वयोवृद्ध नेता नवराज सुवेदीले हिजोको तोडफोड तथा आगजनीमा पूर्वराजालाई मुछ्न खोजेको भन्दै आपत्ति जनाएका छन्।

‘होम एरेष्ट’ मा रहेका सुवेदीले शनिबार बिहान एक विज्ञप्ति निकाल्दै तीनकुनेमा आयोजना गरिएको सभा संघर्ष समितिका पदाधिकारी र नेताहरू मञ्चमा पुगेर सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट नियोजित रूपमा गराइएको घुसपैठ र अनपेक्षित प्रहरी दमनका कारण बिथोलियो दाबी गरेका छन्।


सुवेदीले भनेका छन्, ‘जनताद्वारा गरिने जनआन्दोलन कुनै पनि नेताको इसारामा चल्दैन, जनचाहना र जनविद्रोहबाट उत्पन्न हुने आन्दोलनको अगुवाइ र नेतृत्व जनताले नै गर्छन्।’

आन्दोलन जारी रहेको बताउँदै उनले कसैबाट धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न चेतावनी पनि दिएका छन्।

८७ वर्षीय वयोवृद्ध नेता सुवेदी नेतृत्वको आन्दोलन अराजक बन्दा हिजो काठमाडौंमा तोडफोड, आगजनी, लुटपाट तथा हत्यासम्मको घटना भएको थियो।

सुवेदीलाई स्वास्थ्य र उमेरका कारण प्रहरीले शुक्रबार साँझबाट घरमै नजरबन्दमा राखेको छ।

nawaraj-bigyapti-1743222056.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here