धनुषाको मुखियापट्टीमा तस्करीको सामान नियन्त्रणमा लिन प्रहरीले चलायो गोली



जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियामा तस्करीको सामान नियन्त्रणमा लिनकालागि प्रहरीले गोली चलाएको छ ।

मुखियापट्टी मुसहरनिया वडा नम्बर ६ बैरिया टोलमा प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्करले रोकेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिएका छन् ।


उनका अनुसार स्थानीय भज्जु यादवको घरमा तस्करीको सामान रहेको प्रहरीले गोप्य सूचनाको आधारमा सामान नियन्त्रणमा लिनका लागि पुग्दा तस्करहरुले प्रहरीलाई रोक्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो । प्रहरीले हवाई फायर गरेपछि तस्करहरु फरार भएको उनले बताए ।

तस्करीका सामानहरु नियन्त्रणमा लिई सकिएको प्रहरीले जनाएको छ । यद्यपि तस्करीका सामानका विषयमा प्रहरीले खुलाएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here