देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनका लागि खेलकूद उपयुक्त माध्यमः उपप्रधानमन्त्री सिंह

मन्तव्य राख्दै उपप्रधानमन्त्री सिंह काठमाडौँ, २३ पुसः नेपाल व्यावसायिक कलाकार सङ्घको ३०औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवस– २०८१ कार्यक्रममा मन्तव्य राख्दै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह। तस्बिरः गोपाल दाहाल÷रासस


भक्तपुर । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले देशलाई अन्तरास्ट्रिय जगतमा चिनाउनका लागि खेलकूद उपयुक्त माध्यम भएको बताएका छन् ।

शनिबार भक्तपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदको महत्वबारे बताए । असल र अनुशासित नागरिक उत्पादनका लागि पनि खेलकूदको भूमिका महत्वपूर्ण रहने उनको भनाई छ ।


’जति बढी खेलाडी उत्पादन गर्न सक्यौं त्यतिनै मात्रामा अनुशासित र असल नागरिक उत्पादन हुने कारणले गर्दा खेलकूदको महत्वलाई सबैले बुझ्नुपर्छ’ उनले भने।

उनले खेलकूदले खेलाडीको स्वास्थ्य राम्रो हुने भन्दै आफ्नो रुचि भएको कुनै न कुनै खेलमा लाग्न पनि सुझाव दिए ।

‘पहिला खेलकुद होइन पढाइमा मात्र ध्यान दिनुपर्छ भन्ने सोचाई थियो । तर, समय परिवर्तन हुँदै गइसकेपछि अहिले पढाईमा त रुचि राख्नु नै पर्छ, विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि खेलकुद पनि आवश्यक छ भन्ने धारणा विकास हुँदैछ,’ उपप्रधानमन्त्री सिंहले भने ।

उनले विद्यार्थीको व्यक्तित्व विकासका लागि अनुशासन आवश्यक पर्ने र खेलकूदले अनुशासित बन्न सिकाउने भएकाले खेलकूद मानव जिवनका लागि आवश्यक रहेको बताए ।