देशको परिदृष्य भयावह छ, अब कांग्रेसले यसरी जाने भनेर निर्णय गर्नुपर्छः शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि सुशासन पटक्कै दिन नसकेको बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित ’गिरिजाप्रसाद र लोकतन्त्र’ अन्तरक्रियामा कोइरालाले सरकारमा हुने मन्त्रीहरुले एमालेसँग सहकार्य गर्ने बाध्यता रहेको भन्दै सत्ता पक्षमा भएको तर सरकारमा नभएको कांग्रेसको नेताहरुको काम सरकारलाई खबरदारी गर्ने रहेको बताए । सरकारले सुशासन दिन नसकेकाले कांग्रेसले खबरदारी गर्नुपर्ने बताए ।


उनले भने, ‘कांग्रेस सत्ता पक्षको हो । तर सरकारमा छैनौं । सरकारमा हुने मन्त्रीहरुले सहकार्य गर्नुहोस् एमालेसँग केही आपत्ति छैन । तर जो सत्ता पक्षमा छौं तर सरकारमा छैनौं । हाम्रो काम खबरदारी गर्ने हो ।’ उनले आज देशको परिदृष्य हेर्दा भयावहक अवस्थामा रहेको बताए ।

गिरिजाप्रसाद बितेको १५ वर्ष भइसक्दा पनि उहाँबाट कांग्रेसका नेताहरुले पाठ सिक्न नसकेको बताए । उनले भने, ‘जुन परिदृष्य देखिरहनु भएको छ, देशको जुन अवस्था बुझिरहनु भएको छ । तर भयावह अवस्था देशमा छ । गिरिजाप्रसाद भएको भए के हुन्थ्यो होला त भन्ने लाग्छ होला । गिरिजाप्रसाद वितेको पनि १५ वर्ष भइसक्यो । हामीले पाठ नै सिकेनौं ।’

त्यस्तै उनले कांग्रेस कहिले माओवादी त कहिले एमालेकोपछि लागेको भन्दै अब कांग्रेसले यसरी जाने भनेर निर्णय गर्न सक्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here