दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको मस्यौदा प्रतिवेदन तीन दिनभित्र तयार पार्न निर्देशन



काठमाडौं । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको दफावार छलफल सकिएको छ । 

मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयकमाथिको दफावार छलफल सकेको हो । समितिको बैठकले मंगलवार विधेयकको ४८ देखि ६४ सम्मको दफा परिमार्जनसहित पास गर्दै विधेयकमाथिको छलफल टुंग्याएको हो ।


समिति सभापति अम्मरबहादुर थापाले विधेयकको दफावार छलफलका आधारमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा मस्यौदा प्रतिवेन तयार पार्न समिति सचिवालयलाई निर्देशन दिएका छन् । थापाले विधेयकलाई समितिको प्रतिवेदनसहित छिट्टै सदनमा लैजाने समेत बताए । 

समितिले उच्च शिक्षासम्बन्धी विधेयक समेत संसदमा ल्याउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन गरेको छ । सभापति थापाले ख्वप विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक समेत समितिमा पेस गर्न निर्देशन दिएका छन् ।

थापाले ख्वप स्थापना भएमा अन्य विश्वविद्यालय भन्दा आधाभन्दा कम शुल्कमा एमबिबिएस विषयको पठनपाठन गराउन सकिने प्रतिवद्धता व्यक्त भएको भएपनि समितिले पटक पटक निर्देशन दिएपनि हालसम्म संसदमा दर्ता नभएको बताए ।  ।थापाले संसदको जारी अधिवेशनभित्र विधेयक संसदमा दर्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here