

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले क्लिनिकल रजिष्ट्रार पदमा कर्मचारी आह्वान गरेको छ ।
महाराजगञ्जले सोमबार एक सूचनामार्फत चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा थप केही संख्यामा क्लिनिकल रजिष्ट्रार पद करार सेवामा पूर्तिका लागि आवेदन आह्वान गरेको हो ।


२१ वर्ष पूरा भई ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकहरूले आजबाट चैत्र १० गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

