तीन दलका नेतृत्वबीच सिंहदरबारमा सिंहदरबारमा छलफल



काठमाडौं । सिंहदरबारमा प्रमुख राजनीतिक दलका नेतृत्वबीच भेटवार्ता सुरू भएको छ । संक्रमणकालिन न्याय टुँगो लगाउनेगरि आज कांग्रेस, एमाले र माओवादी केन्द्रका नेतृत्व छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सहभागी छन् ।


यस्तै, कांग्रेसबाट सभापति देउवासँगै गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखक सरिक छन् । उता, एमालेबाट प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल छन् । माओवादी केन्द्रबाट भने उपमहासचिव शक्ति बस्नेत र खिमलाल देवकोटा सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here