

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले पूर्वराजा ज्ञानेन्द्र शाह अपुतालिमा राजा हुँदासमेत आम जनताले असहज मानेको स्मरण गराएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने अपराधिक काम गरेको विषयलाई पूर्व पञ्चहरुले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरु पढ्न पाईएको स्मरण गराएका छन् ।
उनले फेशबुकमा लेखेका छन्–


पूर्वराजा ज्ञानेन्द्र अधिराजकुमार हुदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने अपराधिक काम गरेको विषयलाई पूर्व पंचहरुले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरु पढ्न पाइन्छ । अहिले आएर स्वार्थको रोटी सेक्नका लागि पूर्व पंचहरुले उनको गुनगान गाउनु वग्लै कुरा हो । तर आम जनताले त उनी अपुतालिमा राजा हुदा समेत असहज मानेकै हुन् ।
