

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले हिमनदी संरक्षण र जलस्रोतको संरक्षणका लागि जोड दिएका छन् ।
शरीफले आफ्नो सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै विश्व पानी दिवस सन् २०२५ का सन्दर्भमा ताजा पानीको आपूर्ति कायम राख्न हिमनदीहरूको महत्त्वपूर्ण भूमिका र यस महत्त्वपूर्ण स्रोतको संरक्षणमा पाकिस्तानले सामना गर्ने चुनौती बारे भने, “पानी जीवनको आधारशिला हो, हाम्रो अर्थतन्त्र, खाद्य प्रणाली र वातावरणको लागि आवश्यक छ ।”


उनले पाकिस्तानको बढ्दो पानीको चुनौतीलाई प्रकाश पार्दै देश हिमनदी र जलस्रोतमा धेरै निर्भर रहेको बताए । जलवायु परिवर्तन र मानवीय हस्तक्षेपले विश्वका हिमनदी पग्लने र तालहरू सुक्ने क्रम बढेको छ ।
“सन् २०२२ को विनाशकारी बाढीको प्रभाव दिर्घकालीन हुनेछ, जसले सिँचाइ प्रणालीमा ठूलो क्षति पु¥याउने र लाखौँ मानिसको जीवन र जीविकोपार्जनमा बाधा पु¥याउनेछ,” उनले बताए ।
जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेका दश देशमध्येको एक पाकिस्तानको औसत तापक्रम विश्वव्यापी औसतभन्दा छिटो बढ्ने अनुमान गरिएको छ, जसले पानीसम्बन्धी चुनौतिहरू थप बढाउने प्रधानमन्त्रीले उल्लेख गरे ।
शरीफले जल स्रोतको महत्त्वलाई जोड दिँदै जल सन्धिको प्रभावकारी कार्यान्वयनको लागि आह्वान गरे ।
उनले जलवायु–प्रेरित बाढीको जोखिम कम गर्ने र इकोसिस्टममा आधारित अनुकूलन मार्फत खडेरीको प्रभावलाई कम गर्ने लक्ष्य राखेको सरकारको ‘रिचार्ज पाकिस्तान’ पहलबारे प्रकाश पारे । यसले जलवायु–प्रेरित बाढीको जोखिम कम गर्ने र इकोसिस्टममा आधारित अनुकूलन मार्फत खडेरीको प्रभावलाई कम गर्ने लक्ष्य राखेको छ ।
शरीफले दिगो, पानी–सुरक्षित भविष्यप्रति पाकिस्तानको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै हिमनदीहरूको संरक्षण र जलस्रोतको संरक्षण गर्न सामूहिक कार्य गर्न आग्रह गरे।
