जनमतसँग एकता गर्न नागरिक उन्मुक्तिले बनायो कार्यदल



काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले जनमत पार्टीसँग एकीकरण गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ।

पार्टीको शुक्रबार र शनिबार दुई दिन बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा सदस्य गंगाराम चौधरीको संयोजकत्वमा कार्यदल बनाएको हो। सदस्यमा सुनिता चौधरी र रामलाल डंगौरा रहेको संयोजक चौधरी जानकारी दिए ।


यसअघि जनमतले पनि तीन सदस्य कार्यदल बनाइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here