जनताले उठाएका आवाजलाई सरकारले नजरअन्दाज गर्दैछ : सांसद शर्मा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद जनार्दन शर्माले जनताले उठाएका आवाजलाई सरकारले सुन्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधि सभामा बोल्दै उनले जनताले पछि फर्कने कुरा नगरी उन्नत लोकतन्त्र चाहेका भन्दै कानुन अनुसार जनताले उठाएका आवाजलाई सरकारले सुन्नुपर्ने बताएका हुन्।


‘संविधान र लोकतन्त्रको पक्षधर पार्टी र सरकारले जनतामा देखेका निरासा आक्रोस र विरोधलाई नजरअन्दाज गर्नुहुँदैन। संघीय लोकतान्त्रिक गणतन्त्रको परिधीमा रही लोकतन्त्रको बाटोबाट हेर्दा जनताले प्रश्न गर्नु उनीहरूको अधिकार हो। यसलाई आत्मसाथ गर्दै गम्भिर समीक्षा गर्नुपर्छ,’ उनले भने।

उनले राजतन्त्र नआउने र आउन नदिने भन्दै उन्नत लोकतन्त्रको साथ अगाडि बढ्ने पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here