

काठमाडौँ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा सन्चो उत्पादन गर्ने भवनमा सल्किएको आगो नियन्त्रणमा आएको छ । कम्पनीका अनुसार, कार्यालयको मुख्य भवनमा सुरु भएको आगजनी सन्चो उत्पादन गर्ने भवनमा समेत सल्किन पुगेको थियो ।
कम्पनीको मुख्य कार्यालय भवन र सन्चो उत्पादन गर्ने भवन पूर्णरुपमा जलेको छ । भवनमा ‘सन्चो’ उत्पादन गर्न २५ टन तेल राखिएको थियो ।


दुर्गा प्रसाईँ नेतृत्वको भएको आन्दोलनकारीले पार्किङमा रहेका सुरुमा आधा दर्जन गाडी आगजनी गरेका थिए ।
