गाजा पट्टीबाट दक्षिणी इजरायलमा २ वटा रकेट प्रहार



इजरायल रक्षा बल (आइडीएफ) ले बुधबार बिहान गाजा पट्टीबाट दक्षिणी इजरायलतर्फ २ वटा रकेट प्रहार भएको जनाएको छ । रकेटहरूले गाजा पट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज इन हास्लोशामा साइरनहरू बजाएको थियो ।

सेनाले एउटा रकेट उत्तरपश्चिमी नेगेभ मरुभूमिको जिम्रतमा खसेको जनाएको छ । सो हमलाको बारेमा विस्तृतमा कुनै पनि जानकारी दिइएको छैन । आइडीएफले बुधबार बिहान सबेरै सो हवाई आक्रमण भएको तर यसबाट भएको क्षतिको बारेमा भने अहिले नै केही प्राप्त नभएको जनाएको छ ।


प्यालेस्टाइन इस्लामिक जिहाद (पीआइजे) को सशस्त्र शाखा अल–कुड्स ब्रिगेड्सले आक्रमणको दाबी गर्दै प्यालेस्टिनीहरू विरुद्ध इजरायली आक्रमणको प्रतिक्रियामा ‘रकेटको एक श्रृङ्खला’ प्रहार गरेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here