कोलकोतालाई हराउदै आइपिएलमा अरसीबीको विजयी शुरुवात



काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनमा विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा आइरसीबीले कोलकोता नाइट राइर्डसलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।


कोलकोताले दिएको १७५ रन्को लक्ष्य पछाएको आरसीबीले १६.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । आरसीबीको जितमा विराट कोहलीले अविजित ५९ रन बनाएका थिए भने फिल साल्टले ५६ , कप्तान रजत पाटीदारले ३४ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

कोलकोताका लागि  कप्तान आजिख्य रहानेले सर्बाधिक  ५६ रन बनाएका थिए भने सुनिल नारनले ४४ रन बनाएका थिए । त्यस्तै अन्क्रिश रघुबंशीले ३० रन बनाएका थिए ।

त्यसैगरी रोयल च्यालेन्जर्सका बलर क्रुनाल पाण्डेयले ३ विकेट लिए भने जोश हजेलवूडले २ विकेट लिएका थिए ।

खेलको प्लेयर अफ द म्याच ४ ओभरमा २९ रन दिएर ३ विकेट लिएका क्रुनाल पाण्डेय बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here