

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाईएका कुलमान घिसिङ र प्राधिकरणका घिसिङको ठाउँमा नियुक्त भएको हितेन्द्रदेव शाक्यको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाई हुने भएको छ ।
दुवै जनाको रिट एकसाथ हेरिने भनिएको छ । गत शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा प्रारम्भिक सुनुवाई हुँदा दुवै पक्षलाई छलफलको लागि आज आइतबार झिकाउने भनेको थियो ।
