कुलमान बर्खास्ती प्रकरण : प्रतिनिधिसभामा विपक्षीको अवरोध



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरुले संसद् अवरोध गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरु उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले विपक्षी दलहरुको तर्फबाट माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए ।

उनले सरकारले कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति जनाउँदै सरकारको जवाफ मागे । कुलमानलाई हटाईएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने घोषणा गर्दै बस्नेतले आफ्नो अभिव्यक्ति टुँग्याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here