काठमाडौं महानगरले पूर्वाराजा ज्ञानेन्द्र शाहलाई गर्‍यो सात लाख ९३ हजार जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र पठाएको छ । शुक्रबार काठमाडौंको तिनकुने–कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएपछि महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार रूपैयाँ जरिवानाको पत्र काटेको हो ।

पूर्वराजाको समर्थनमा उनकै निर्देशनमा भएको प्रदर्शनले महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड र फोहोरमैला गरेको भन्दै महानगरले जरिवाना तिराउन लागेको हो ।


ज्ञानेन्द्रका समर्थकले लगाएको आगो निभाउन पुगेको महानगरको दमकलमा समेत उनीहरूले तोडफोड गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here