कसैले रहर गरेर राजसंस्था आउँदैनः सभापति देउवा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब राजतन्त्र पुनःस्थापित हुने सम्भावना नरहेको बताएका छन् ।

बिहीवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानवअधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रको विकल्प नभएको बताएका हुन् ।


उनले जनताको इच्छानुसार गणतन्त्र आएको भन्दै कसैको रहरमा अर्को व्यवस्था आउन नसक्ने बताए । सभापति देउवाले नेपाली जनताले गणतन्त्र मानिसकेको भन्दै पूर्वराजा शाहलाई राजतन्त्र फर्किने आश नगर्न आग्रह गरे ।

उनले भने, ‘बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका सबै साथीहरू लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएका छौँ। कसैले रहर गरेर हुँदैन। राजाले कु गर्छन् भने जस्तो हाम्रो राष्ट्रपतिले कु गर्न सक्दैन। कुनै हालतमा पनि प्रजातन्त्र हट्ने कुरा छैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here