

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको काठमाडौं महानगर कमिटीले काठमाडौंका मेयर बालेन्द्र शाहलाई कानुनी कठघरामा उभ्याउन माग गरेको छ । हिजो (सोमबार) राति मेयर बालेन्द्रले मदिराको सनकमा अभिव्यक्ति दिएको आरोप लगाउँदै युवा संघले कारबाहीको माग गरेको हो ।
‘आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरुमा रमाउदै सस्तो लोकप्रियता र सामजिक संजालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन र काठमाडौँ तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन हामी सचेत गराउँछौ र कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई कानुनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकायसँग जोडदार माग गर्दछौं,’– युवा संघ काठमाडौं महानगर समितिका अध्यक्ष दिपेश सुधाकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
