एएफएसी एसियन कप छनोटमा नेपाल मलेसियासँग पराजित



काठमाडौं । एएफएसी एसियन कप छनोटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।

मंगलबार मलेसियाको सुल्तान इब्राहिम रंगशालामा भएको खेलमा नेपाल २–० ले पराजित भएको हो । खेलमा घरेलु टिमलाई जित दिलाउन हेक्टर हेभल र ला भेरे कोर्बिन–ओनङले गोल गरेका थिए । मलेसियाले पहिलो हाफ र दोस्रो हाफमा समान एक गोल गरेको हो ।


२९औँ मिनेटमा हेक्टर हेभलले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । ७०औँ मिनेटमा कोर्बिन–ओनङले घरेलु टिमको अग्रता दोब्बर बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here