

गाजा सिटी । बुधबार मध्यरातदेखि प्यालेस्टिनी भूभागमा भएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ ।
निकायका प्रवक्ता महमुद बासलले एएफपीसँग भने, “इजरायलले बुधबार ‘धेरै हवाई आक्रमण’ गरेको छ । आक्रमणका कारण खान युनेस र गाजा शहरमा १३ जनाको मृत्यु हुनुका साथै महिला र बालबालिकासहित दर्जनौं घाइते भएका छन् ।”


गत जनवरी १९ मा प्यालेस्टिनी लडाकु हमास र प्यालेिस्टनी लडाकू हमासबीच भएको युद्धविरामपछि इजरायलले गाजा पट्टीमा मङ्गलबार र बुधबार सबैभन्दा धेरै आक्रमण गरेको छ ।
युद्धविराम लम्ब्याउने विषयमा भएको वार्ता विफल भएपछि भएको हवाइ आक्रमणमा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मङ्गलबार राति चेतावनी दिँदै आक्रमण ‘सुरुवात मात्र भएको’ र भविष्यमा हमाससँगको वार्ता ‘युद्ध कै बीचमा मात्र हुने’ चेतावनी दिएका छन् ।
“हमासले विगत २४ घण्टामा हाम्रो हाम्रो शक्ति महसुस गरिसकेको छ र म तपाईंहरूलाई वचन दिन चाहन्छु यो केवल सुरुवात मात्र हो,” उनले एक भिडियो वक्तव्यमा भने ।
नेतन्याहूको कार्यालयले बुधबार बिहानै इजरायली सरकारले अति दक्षिणपन्थी राजनीतिज्ञ इतामार बेन गिभरलाई राष्ट्रिय सुरक्षा मन्त्रीमा पुनः नियुक्त गर्ने उहाँको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको जनाएको छ ।
बेन गिभरले जनवरी १९ मा भएको युद्धविराम सम्झौताको विरोधमा राजीनामा दिएका थिए । यसलाई उनको यहूदी शक्ति पार्टीले ‘हमाससँगको आत्मसमर्पण’ भनेको थियो ।
इजरायलले सन् २०२३ को अक्टोबरमा इजरायलमाथि भएको आक्रमणका क्रममा प्यालेस्टाइनी लडाकूले कब्जामा लिएका सबै बन्धकलाई फिर्ता नगरेसम्म लडाइँ जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
हमासले अहिलेसम्म सैन्य प्रतिक्रिया जनाएको छैन, तर एक वक्तव्यजारी गर्दै उसले मित्र राष्ट्रहरूलाई आफ्नो सहयोगी इजरायलको आक्रमण अन्त्य गर्न संयुक्त राज्य अमेरिकालाई ‘दबाब’ दिन आग्रह गरेको छ ।
