आर्थिक वृद्धि र खाद्य सुरक्षाका लागि पाकिस्तानले कृषि क्षेत्रलाई बलियो बनाउनेः प्रधानमन्त्री



पाकिस्तानी प्रधानमन्त्री सेहबाज शरीफले आफ्नो देशले आर्थिक वृद्धि बढाउन, खाद्य सुरक्षा सुनिश्चित गर्न र बहुमूल्य विदेशी मुद्रा आर्जन गर्न कृषि क्षेत्रको प्रगतिमा बढी ध्यान दिने बताएका छन् ।

‘पाकिस्तानले देशको अर्थतन्त्रमा कृषिको हिस्सा बढाउनु पर्छ, किनकि हाम्रो जनसङ्ख्याको लगभग ६५ प्रतिशत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिसँग सम्बन्धित छ,’ प्रधानमन्त्रीले एक कार्यक्रममा भने।


उनले गुणस्तरीय बीउ, मल र औषधि समयमै उपलब्ध भएमा कृषि क्षेत्रमा क्रान्ति आउने र निर्यातमा वृद्धि हुने बताए। सरकारले कम्बाइन हार्भेस्टरलगायत कृषि मेसिनरी स्थानीय उत्पादनका लागि पहल गरिरहेको उल्लेख गरे।

कृषि क्षेत्रलाई बलियो बनाउन विभिन्न उपायहरू प्रकाश पार्दै शरीफले केन्द्रको सहयोगमा यस क्षेत्रको थप विकास गर्न प्रान्तीय सरकार, किसान, अनुसन्धानकर्ता र वैज्ञानिक लगायत सबै सरोकारवालाहरूले हात मिलाउनुपर्ने बताए।

उनले पाम तेल आयातमा पाकिस्तानले बहुमूल्य विदेशी मुद्रा सञ्चिति बर्बाद गरिरहेको र स्थानीय उत्पादन बढाएर यो प्रवृत्तिलाई उल्टाउन आवश्यक रहेको बताए।

‘देशको विकासम मिलेर काम गर्नुपर्छ । हाम्रो कृषि क्षेत्रको रूपान्तरण गर्न कडा मिहिनेत गर्नेछौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here