आन्दोलन भड्किनुमा सरकार जिम्मेवार रहेको राप्रपाको ठहर



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार काठमाडौंको तिनकुनेमा आन्दोलन भड्किनुमा सरकार जिम्मेवार रहेका ठहर गरको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सरकारकै कारण हिंसात्मक स्थिति सृजना भएको ठहर गरेको हो ।

बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने बताए । उनले सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको देखिएको बताए ।


त्यस्तै बैठकले तिनकुनेमा भएको घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ । त्यसैगरी बैठकले पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ ।

२४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका रुपमा उठाएर लैजाने निर्णय गरेको अध्यक्ष लिङ्देनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here