

काठमाडौँ । आज दुई संसदीय समितिको बैठक बस्दै छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।
विहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।


त्यस्तै बिहान ११ बजे नै बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको देहायको प्रतिवेदनमाथि छलफल गर्न कार्यसूची रहेको छ ।
