आजको घटनाले एकदमै दुखी छु, वार्तामार्फत सरकारले निकास खोज्नुपर्छ : राजेन्द्र लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको प्रदर्शनमा भएको घटनाले आफू दुखी भएको बताएका छन् । उनले शान्तिपूर्ण प्रदर्शन गर्न चाहेको भएपनि आन्दोलन त्यस्तो नभएको बताए ।

लिङदेनले सम्बन्धित निकायसँग वार्ता गरेर सरकारले उचित निकासा खोज्नु पर्ने बताएका छन् । खबर हबसँग कुरा गर्दै उनले भने, ‘आजको घटनाले म एकदमै दुखी छु। शान्तिपूर्ण आन्दोलन हुनुपर्थ्यो भन्ने हाम्रो धारणा थियो तर त्यस्तो भइदिएन । सम्बन्धित निकायसँग वार्ता गरेर सरकारले उचित निकासा खोज्नुपर्छ । हामीले चाहेको आन्दोलन यस्तो प्रकारको होइन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here