

काठमाडौं । राजावादी आन्दोलनकारीले विभिन्न स्थानमा आगजनीका कारण बन्द भएको विमानस्थल सञ्चालन सुचारु भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाकाअनुसार कोटेश्वर, सिनामंगललगायत क्षेत्रमा आगलागीपछि प्रदुषण तथा पूर्व सावधानीका कारण केही समय उडान तथा अवतरण रोकिएको हो ।


‘हामीले पूर्व सावधानीका लागि एयरपोर्ट बन्द गरेका थियौं, अहिले सूचारु भएको छ,’ उनले भने ।
