

काठमाडौँ । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदै छ । आज गुजरात टाइटन्स र पञ्जाव किंग्सले यस सिजनको आआफ्नो पहिलो खेल खेल्दै छन् । नरेन्द्र मोदी स्टेडियम अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुने छ ।
यस सिजनमा गुजरातको कप्तानी शुभमन गिलले गर्दै छन् भने पञ्जाव किंग्सको कप्तानी श्रेयस अय्यरले गर्दै छन् ।


गुजरातले गिलसहित राशिद खान र राहुल तेवातियालाई रिटेन गरेको थियो भने मेगा अक्सनमा आक्रामक ब्याट्सम्यान जोस बटलरलाई थपेको छ । त्यस्तै कागीसो रबाडा, मोहमद सिराज र प्रसिद्ध कृष्णलाई किनेको छ ।
त्यस्तै पञ्जावले भने आफ्नो पुरै टिमलाई नयाँ बनाएको छ । प्रशिक्षक रिक्की पोन्टीङलाई भित्र्याएर पञ्जावले आइपिएलमा गत सिजन कोलकतालाई उपाधि जिताएका श्रेयस अय्यरलाई ल्याएको छ भने गत सिजनमा उत्कृष्ट खेलेका शशांक सिंग र प्रभसिमरन सिंहलाई रिटेन गरेको थियो । त्यस्तै अर्शदीप सिंह र हरप्रीत ब्रारलाई अक्सनबाट किनेको छ ।
त्यस्तै ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिस जस्ता अल राउण्डर पञ्जावमा छन् भने लुकी फर्गुसन र आइपिएलकै सबैभन्दा सफल स्पिनर बलर युजवेन्द्र चहललाई किनेको छ ।
नरेन्द्र मोदी स्टेडियममा खेलिने यो खेलको पिच बारे अनुमान गर्न गाह्रो छ । यस स्टेडियममा २०२४ मा ८ खेल खेलिएकोमा ६ खेल चेज गर्ने टिमले जितेको थियो ।
