अर्घाखाँची दुर्घटना अपडेट: थप एकको मृत्यु, तीन जनाको सनाखत



काठमाडौँ। अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। २७ जना घाइते भएका छन्।

दुर्घटनामा रुपन्देही बुटवल उप-महाननगरपालिका-८ का ५५ वर्षीया जमुना बस्याल, नवलपरासीको पश्चिम भुमहीकी ४५ वर्षीया उमा न्यौपाने र पश्चिम बर्दघाट बस्ने ५ वर्षीय गाडी चालक मदन कुमार विकको मृत्यु भएको हो। मृतकमध्ये एकजनाको नाम खुलेको छैन। 


शितगंगा नगरपालिका-२ सितापुरको भुवनपाटामा लु२ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

घाइतेमध्ये ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ। अन्य घाइतेको  प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ। गोरुसिंगे सन्धिखर्क सडक खण्डमा सुपा मन्दिर दर्शन गरी नवलपरासीको लागी फिर्ता हुँदै गरेको बस अचानक अनियन्त्रित भई सडकदेखि अन्दाजी २५ मिटर तल खसेको प्रहरीको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here