

बीबीसी । दक्षिण कोरियाको संवैधानिक अदालतले निलम्बित कार्यवाहक राष्ट्रपति हान डक–सु को महाअभियोग खारेज गर्ने निर्णय गर्दै उनलाई पुनर्बहालीको आदेश दिएको छ ।
तत्कालीन राष्ट्रपति युन सुक योललाई महाअभियोग लागेपछि हान कार्यबाहक राष्ट्रपति बनेका थिए । उनलाई पनि महाअभियोग लागेपछि निलम्बित भएका थिए । डिसेम्बर २७ मा संसदमा निर्वाचनमार्फत् हानविरुद्ध महाभियोग लगाइएको थियो । त्यसपछि उनी निलम्बित भएका थिए ।


दक्षिण कोरियाको संविधान अनुसार संवैधानिक अदालतले सदर गरेपछि मात्र महाअभियोग प्रमाणित हुन्थ्यो र प्रधानमन्त्री हान पदमुक्त हुने थिए । तर संवैधानिक अदालतले महाअभियोग खारेज गरेकाले उनी पुनः पदमा फर्किने बाटो खुलेको छ ।
