होली पर्वले सांस्कृतिक वैभवलाई समृद्ध बनाउन सघाउ पुर्‍याउने छः उपराष्ट्रपति यादव



काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक, सांस्कृतिक र राष्ट्रिय महत्व बोकेको फागुपूर्णिमा (होली) पर्वले सांस्कृतिक वैभव र धरोहरलाई समृद्ध बनाउन सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

फागुपूर्णिमा (होली) पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वले देश र समाजमा एकता तथा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।


“फागु पर्वका अवसरमा तयार पारिने विशेष परिकार मालपुवा, दालपुरी, खिरलगायत मिठा–मिठा व्यञ्जन सामूहिक रूपमा ग्रहण गर्नु नेपाली संस्कृतिको अर्को कालजयी रीतिरिवाज हो, यसको संरक्षण र सम्वर्द्धन गर्न जरूरी छ”, उपराष्ट्रपति यादवले भनेका छन् ।

आपसी कटुता, मतभेद, क्लेश, मनमुटाव र मनोमालिन्य बिर्सेर पारिवारिक, सामाजिक र समुदायगत सम्बन्धलाई नवीकरण गर्दै थप उचाइमा पुर्याउन होली एउटा उत्तम माध्यम भएको उनको भनाइ छ ।

उपराष्ट्रपति यादवले फागु पर्वले नयाँ पिँढीलाई नेपाली संस्कृति र परम्पराबारे जान्ने अवसर प्राप्त भई आफ्नो संस्कृतिप्रति गर्व र सम्मान गर्ने भावना विकसित गर्नमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here