

काठमाडौँ । थुनामा रहेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङेको २० प्रतिशत सजाय छुट भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मनाङेलाई २० प्रतिशत सजाय छुट दिने आदेश दिएको हो ।
उनले साविक मुलुकी ऐन, दण्ड सजाय महलको ४१ (क) बमोजिम सुविधा माग्दै निवेदन दिएका थिए । उक्त ऐनमा फैसला गर्ने वा लगत रहेको अड्डामा हाजिर भई जरिवाना तिर्न वा कैदमा बस्न मञ्जुर भएमा २० प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था छ ।


चक्रे मिलनको हातै छिन्ने गरी तरबार प्रहारको मुद्दामा जिल्ला अदालत काठमाडौंले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो । उक्त सजाय सर्वोच्च अदालतबाट पनि सदर भएको थियो । त्यसपछि उनी गत कातिकमा काठमाडौंबाट पक्राउ परेका थिए ।
२० वर्षअघिको घटनामा उनले पहिले नै दुई वर्ष ८ महिना कैद भुक्तान गरिसकेका छन् । सर्वोच्चको फैसलापछि उनी अब २ वर्ष ४ महिना कैद बस्नु पर्ने थियो । तर अब उनले यसमा २० वर्ष छुट पाएका छन् । मनाङे डिल्लीबजार कारागारमा छन् ।
