त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालले दिए राजीनामा



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएका छन् । उनले शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन् । 

उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री एवं त्रिविका कुलपतिलाई सम्बोधन गरेर राजीनामा पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। राजीनामा स्वीकृत भने भएको छैन।


उनी गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए ।