चीनले यस हप्ता रुस र इरानलाई आणविक वार्ताका लागि आतिथ्य गर्ने



बेइजिङ । चीनले शुक्रबार तेहरानको आणविक कार्यक्रमबारे त्रिपक्षीय वार्ताका लागि रुस र इरानलाई आतिथ्य गर्ने बेइजिङको विदेश मन्त्रालयले बताएको छ ।

“तीन पक्षले इरानी आणविक मुद्दा र अन्य आपसी चासोका विषयहरूमा विचार आदानप्रदान गर्नेछन्”, विदेश मन्त्रालयका प्रवक्ताले बुधबार भने ।


बैठकमा चीनका उप–विदेशमन्त्री मा झाओजु, रुसी उप–विदेशमन्त्री र्‍याब्कोभ सर्गेई अलेक्सेभिच र इरानी उप–विदेशमन्त्री काजेम घरिबाबदीले भाग लिनेछन् ।

सन् २०२१ मा समाप्त भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा वासिङ्टनले प्रतिबन्ध राहतको बदलामा इरानको आणविक कार्यक्रममा नियन्त्रण लगाउने ऐतिहासिक सम्झौताबाट पछि हटेको थियो ।

वासिङ्टनको फिर्तापछि तेहरानले एक वर्षसम्म सन् २०१५ को सम्झौतालाई पालना गर्‍यो तर त्यसपछि आफ्ना प्रतिबद्धताहरू फिर्ता लिन थाल्यो ।

सम्झौतालाई पुनर्जीवित गर्ने प्रयासहरू त्यसयता असफल भएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here