

काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण थालिएको केबलकारको कारण त्यहाको जनजीवनमा परेको प्रभावबारे त्यहाँबाट निर्वाचित सांसदसँग गृहमन्त्री रमेश लेखकले छलफल गर्ने भएका छन् ।
अहिले केहीबेरमा मन्त्री लेखकले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै १४ जिल्लाका सांसदसँग छलफल गर्न लागेका हुन् ।


यस विषयमा विहान मन्त्री लेखकले सचिव गोकर्णमणि दुवाडीसँग पनि छलफल गरेका थिए । पाथीभरमा निर्माण हुन लागेको केबलकारलाई लिएर निर्माण पक्ष र केही स्थानीय आमनेसामने भएका छन् । पहिचानवादीहरु सो केवलकार बन्न नहुने पषमा छन् ।
फुङलिङ नगरपालिका–११ मा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले माघ १२ मा गोली चलाएको थियो । गोली लागेर यमबहादुर लिम्बु र सगुन लावती घाइते भएका थिए ।
