ड्युटी खटिएको प्रहरीमाथि आक्रमण गर्ने दुई युवकविरुद्ध पाँच दिनको म्याद थप



काठमाडौँ। ठमेलमा ड्युटी खटिएको प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका दुईजना युवकविरुद्ध पाँच दिनको म्याद थप भएको छ ।

पक्राउ परेका दुई युवाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहारको कसुरमा पाँच दिनको म्याद भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।


आइतबार मात्रै ताप्लेजुङको फुङलिङ नगरपालिका-१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका-५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए । उनीहरू दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत तथा नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन् ।

उनीहरूको समूहले दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) को टोलीमाथि आक्रमण गरेको थियो ।

आक्रमणबाट दुई प्रहरी घाइते भएका थिए ।