६ महिनामा नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जाँदा बाहिरियो ५६ अर्ब भन्दाबढी



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा ५६ अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपाली विद्यार्थी अध्ययनका लागि विदेशमा जाँदा ५६ अर्ब ८३ करोड रुपैयाँ बैंकिङ प्रणालीमार्फत बाहिरिएको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ५८ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा नेपालीहरुले विदेश भ्रमणमा जाँदा एक खर्ब १ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ९२ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।


राष्ट्र बैंकका अनुसार ६ महिनाको अवधिमा खुद सेवा आय.४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो ।